दफा २४
भौतिक प्रमाण परीक्षण
(१) संहिताको दफा २१ बमोजिम कुनै व्यक्तिको शरीरको जाँच गर्ने चिकित्सक वा प्रयोगशालाले देहाय बमोजिमको ढाँचामा सम्बन्धित कार्यालयमा तुरुन्त प्रतिवेदन पठाउनु पर्नेछ :-
(क) यौनजन्य कसूरमा शारीरिक जाँच गरेकोमा महिलाको भए अनुसूची-११ र पुरुषको भए अनुसूची-१२ बमोजिमको ढाँचामा,
(ख) उमेर जाँच गरेकोमा अनुसूची-१३ बमोजिमको ढाँचामा,
(ग) मादक पदार्थ सेवन सम्बन्धी जाँच गरेकोमा अनुसूची-१४ बमोजिमको ढाँचामा ।
(२) अनुसन्धानको सिलसिलामा वैज्ञानिक वा डि.एन.ए. परीक्षणबाट कसूरसँग महत्वपूर्ण प्रमाण उपलब्ध हुन सक्छ भन्ने विश्वास गर्ने मनासिव आधार भएमा अनुसन्धान अधिकारीले त्यस्तो परीक्षण गर्न सम्बन्धित निकायमा पठाउन सक्नेछ।
(३) उपनियम (२) बमोजिम डि.एन.ए. परीक्षणका लागि पठाउनु अघि अनुसन्धान अधिकारीले डि.एन.ए. नमूनादाताको अनुसूची- १५ बमाजिमको ढाँचामा मन्जुरनामा लिनु पर्नेछ।
(४) उपनियम (२) बमोजिम वैज्ञानिक वा डि.एन.ए. परीक्षणका लागि पठाइएकोमा त्यस्तो परीक्षण गर्ने चिकित्सक वा प्रयोगशालाले वैज्ञानिक परीक्षण गरेकोमा अनुसूची- १६ र डि.एन.ए. परीक्षण गरेकोमा अनुसूची-१७ बमोजिमको ढाँचामा परीक्षण प्रतिवेदन सम्बन्धित प्रहरी कार्यालयमा तुरुन्त पठाउनु पर्नेछ।